नियम ५
राजश्व र व्ययको अनुमान
संविधानको धारा ११९ बमोजिम अर्थमन्त्रीले संघीय संसदको संयुक्त बैठकमा देहायको कुरा खुलाई राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नेछ ः–
(क) राजश्वको अनुमान,
(ख) संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरु, र
(ग) विनियोजन ऐनद्वारा व्यय हुने आवश्यक रकमहरु ।